🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘एमाले मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस’–प्रधानमन्त्री ओली

काठमाण्डौ,२१ फागुन, प्रधानमन्त्री  केपी शर्मा ओलीले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच एकता हुनेमा कुनै शंका नरहेको बताएका  छन्  ।

सुखानीमा साहदत प्राप्त गरेका योद्धाहरुको सम्मानमा आयोजित ४५ औं शहीद स्मृति दिवशका अवरमा फागुन २१ गते  पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताएका छन्   ।

 केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् । तर एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ नहुने  प्रधानमन्त्री ओलीले बताए  । ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

सुखानीका शहीदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि  शहीदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए  पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना  शहीद, दुर्गानन्द झा, भिमदत्त पन्तलगायतलाई  शहीद घोषणा विगतका सरकारले कञ्जुस्यांई गरेको ओलीले बताए  । ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र वहाँहरुलाई राज्यको तर्फबाट  शहीद घोषणा गरियो ।’

 प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार,अवसर,सुरक्षा र सम्मानको प्रत्याभूत गर्न तयार रहेको बताए । ‘ शहीदहरुले सामाजिक सद्भाव, राष्ट्रिय एकता,  शान्ति र सृमद्धिका लागि नै बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भने  ‘ शहीदहरुको त्यो भावनाको हामी उच्च कदर गरेर काम गर्छौं ।’

वाम गठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आत्तिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोसिसहरु असफल हुने बताए । प्रधानमन्त्री ओलीले  नेकपा (एमाले) पहिलो पार्टी,कम्यूनिष्ट पार्टीको सरकार,कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्ने बताए  । कम्यूनिष्टहरुलाई फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुदैन’ कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।

तत्कालीन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।  

(तस्विर :  प्रधानमन्त्रीको सचिवालय, चेतन अधिकारी,  प्रेस संयोजक, प्रधानमन्त्रीको सचिवालय)