🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शूरु

काठमाडाैं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।

 सोही क्रममा २०७८ कार्तिक २३ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS) मा तैनाथ  गोरख बहादुर गण (शा.से.) सातौं डफ्फालाई बदली गर्नको लागि चन्दननाथ गण (शा.से.) आठौं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट २०७८ कात्तिक २३ गते मंगलबार राति  मिशन ईलाकातर्फ प्रस्थान गरेकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।

 कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाईएको कुरा पनि सेनाले बताएकाे छ ।