🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो

अर्घाखाँची, १९ कात्तिक। कोरोना संक्रमणबाट बिहीबार एकै दिन अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका-१ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका-४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ ।

त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त भएका छन् भने दुई जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

योसँगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार ४ सय ५१ पुगेको छ भने हाल अर्घाखाँची जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् ।