🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री र गृह मन्त्री पुगे तर राहत पुगेन ! डडेल्धुराका पहिरो पीडितको तिहार खल्लो !!

डडेल्धुरा, १८ कात्तिक । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो ।

तिहारको माहौल छ । तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन । अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ ।

तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन् । खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुखेसो छ ।

‘न खेत रह्यो न त घर नै । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँडसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन् ।

राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ ।  

२०/२५ परिवारको ३५ रोपनी जमिन बगरमा परिणत बनाएको स्थानीय विश्वनाथ अवस्थीको भनाइ छ। ‘बुधबार गृहमन्त्री खाँण आए पनि क्षतिको अनुगमन गरेनन् । अब राहतको के आशा राख्नु । टाठाबाठा बाहेक वास्तविक पीडित मन्त्रीको न कुरा सुने न त  अनुहार नै देखे,’ उनले भने ।
न्युज कारखाना