🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत महशुुल दर घटाउने निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।

 
     विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।
 

     डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।

 
     “यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ”, महासंघले भनेको छ, “विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने छ ।”