काठमाडौं । काठमाडौंमा अफगानिस्तानका ११ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीबाट खटिएको टोलीले सोमबार बिहान सिनामंगलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको बताइएको छ ।




