🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली फिल्म ‘एक्सन नाइन\’मा सुनिल शेट्टीको इन्ट्री

काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म 'एक्स नाइन' मा अभिनय गर्ने तय भएको हो ।

यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन् । 'तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमा' भट्टले लेखेका छन् । साथै , उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन् ।

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए । त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए । 'सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो,' निर्देशक भट्टले भने, 'उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।'

निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् ।

फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारकाे अभिनय रहनेछ ।

एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि 'कृ' पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षकाे छ ।