तेह्रथुम, २०७८ कार्तिक १ गते । तेह्रथुम छथर गाऊपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बु बिच मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ भने भक्त कुमारीको उपचार भईरहेको छ ।
हिजो असाेज ३१ गते बेलुका ९ बजे उनीहरु आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भीर घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी धरान घोपा पठाईएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।




