
ताप्लेजुङस्थित प्रसिद्ध स्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा निर्माण गरिएको हो । तस्वीर:दिलकुमर लिम्बु,रासस

चक्रिय अन्नपूर्ण पदमार्ग छेवैमा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका – ४ स्थित च्याम्चेमा रहेको पर्यटक लोभ्याउने बुङ झरना । यस झरनाले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्वीर: जनक श्रेष्ठ,रासस

पोखरा महानगरपालिका– १७ स्थित रातोपैह्रा सामुदायिक वनमा लटरम्म फलेको मेकाडामिया नटका झुप्पा । परीक्षणका लागि छ वर्षअघि रोपेको मेकाडिमियाको बिरुवाले गत वर्षदेखि फल दिन थालेको हो । तस्वीर: हरि बास्तोला,रासस

घोराही–२ रामपुरका खेतमा लटरम्म झुलेको धान । यहाँ अन्नबालीको लागि उर्वर मानिन्छ । तस्वीर: रञ्जिता अधिकारी, रासस

ताप्लेजुङ र दार्चुला जिल्ला जोड्ने क्रेड हिमालयन ट्रेल (पदमार्ग) अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलास्थित तमोर नदी माथि निर्माण गरिएको काठे पुल । तस्वीर: दिलकुमार लिम्बु, रासस

गएरातिको बाढीले मेलम्ची नवलपुर पाँचपोखरी जाने ह्युम पाइप राखेर बनाइएको अस्थायी पुलमा क्षतिले यातायात अवरुद्ध भएको छ । फट्टेमा बनाइएको अस्थायी पुलमा पनि सामान्य क्षति भएको छ । तस्वीर: देवराज सुवेदी, रासस

पोखराको याम्दीस्थित सेती नदी र पृष्ठभूमिमा हिमाल । तस्वीर: राधिका कँडेल, रासस

स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझ क्षेत्र । पछिल्लो केही दशकदेखि यहाँ स्याउ फल्न छोडेको छ । तस्वीर: विनोदसिंह विष्ट,रासस




