🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक नम्बरका मुख्यमन्त्रीलाई कांग्रेसको समर्थन ? मन्त्रिपरिषद् विस्तारपछि भाँडभैलो !

काठमाडौं । पाँच गठबन्धन दलका शीर्ष नेताहरूले ८८ दिनसम्म गरेको महाभारत कसरतबाट भएको मन्त्रिपरिषद् विस्तारको पराकम्पन केन्द्रीय राजनीतिसँगै विभिन्न प्रदेश सभा र शहरमा समेत देखापर्न थालेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई मनाउने नाममा १ नम्बर प्रदेश र बाग्मती प्रदेशको मुख्यमन्त्री लिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्तावप्रति १ नम्बर प्रदेशका कांग्रेस सांसदहरू आक्रोशित हुन पुगेका छन् ।

उता जनता समाजवादीले निरन्तर मन्त्रीको चर्चामा रहेका प्रदीप साहलाई मन्त्रिपरिषद्मा समावेश नगरेकोमा वीरगञ्जमा निरन्तररुपमा विरोध प्रदर्शन भइराखेको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई वीरगञ्ज प्रवेश गर्न नदिने अठोट गर्दै प्रदर्शनकारीले अध्यक्ष यादवको पुत्लादहनसमेत गरिराखेका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीलाई मनाउने नाममा १ नम्बर प्रदेशको र बाग्मती प्रदेशको मुख्यमन्त्री दिन गरेको प्रस्तावको १ नम्बर प्रदेशका कांग्रेस सांसदले अस्वीकार गर्दै चर्काे विरोध गरेका छन् । केन्द्रमा सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेसका एक नम्बर प्रदेशका सांसदले यसरी चर्काे विरोध गरेपछि नेकपा एमालेका मुख्यमन्त्री भीम आचार्यलाई हटाएर बहुमतको आधारमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको योजनामा गम्भीर धक्का लाग्न पुगेको छ ।

 यही कारणले गर्दा नै १ नम्बर प्रदेशका मुख्यमन्त्रीले प्रदेश सभाबाट  विश्वासको मत लिने योजनालाई प्रदेश सभामुखले दशैं पछाडिसम्मका लागि सारेका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई बहुमतको आधारमा विस्थापित गरेर गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने योजना गठबन्धनले गरेको थियो । यो योजना कार्यान्वयन गर्ने क्रममा २०७८ असोज २२ गतेबाट १ नम्बर प्रदेश सभाको संसद बैठक बसेको थियो ।

बैठकको पहिलो दिनमा संसदलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले मुख्यमन्त्री भीम आचार्यको खुलेर प्रशंसा गर्दै आचार्यलाई १ नम्बर प्रदेशको योग्य, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि योग्य पात्र भन्नेसमेत मूल्यांकन गरेपछि गठबन्धनका अन्य दलका नेताहरू आश्चर्यमा परेका थिए ।

  नेपाली कांग्रेस १ नम्बर प्रदेशले भने भीम आचार्यलाई विस्थापित गरेर कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्य गरिराखेको थियो । कांग्रेसको यो गृहकार्य नेता डा. शेखर कोइरालाको अगुवाईमा भइराखेको थियो । तर प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीलाई केन्द्रीय मन्त्रिपरिषद् विस्तारको मामिलामा राजी गराउनका लागि १ नम्बर प्रदेश र बाग्मती प्रदेश सरकारको नेतृत्व दिने प्रस्ताव गरेपछि १ नम्बर प्रदेशका कांग्रेस सांसदहरू यो निर्णयप्रति आक्रोशित बन्न पुगेका छन् । कांग्रेस सांसदहरूको यो आक्रोशले १ नम्बर प्रदेशमा गठबन्धनको तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने योजनामा समेत ठूलै धक्का लाग्न पुगेको छ ।

माओवादीलाई पनि धक्का !

यसैगरी केन्द्रमा मन्त्रिपरिषद् विस्तार भएलगत्तै सुदूरपश्चिमका कांग्रेस सांसदहरू काठमाडौंमा आएर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरेका छन् । सुदूरपश्चिमको संसदीय दलको नेता रणबहादुर रावलको नेतृत्वमा आएको उक्त टोलीलाई प्रधानमन्त्री देउवाले कुनै स्पष्ट जवाफ नदिएको भएपनि कांग्रेसका १२ सांसदले सुदूरपश्चिमको माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई भने अल्पमतमा पार्ने स्थिति रहेको छ । यस घटनाले चाहिं माओवादी केन्द्रलाई धक्का लाग्न गएको छ ।  

उपेन्द्रको पुत्लादहन  !

यसरी लामो प्रयास पश्चात २०७८ असोज २२ गते शुक्रबार भएको मन्त्रिपरिषद्को विस्तार पछि प्रदेशको राजनीतिमात्र होइन स्थानीय राजनीतिसमेत खलबलिन थालेको छ । मन्त्रिपरिषद् विस्तारको अभ्यास सुरु भएदेखि नै जनता समाजवादीबाट प्रदीप साह मन्त्री हुने चर्चा व्यापक रहेको थियो । तर राष्ट्रपति कार्यालयमा मन्त्रीको सूची जाँदा जनता समाजवादीको तर्फबाट प्रदीप साहको नाम हटेर महिन्द्र राय यादवको नाम थपिन पुगेको थियो ।

पर्साको २ नम्बर प्रदेशबाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका साहलाई उनको योगदानको उपेक्षा गर्दै मन्त्री नबनाएको भन्दै पर्साका जनता समाजवादीका कार्यकर्ताहरू पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति रुष्ट भएर सडकमा उत्रिएका छन् ।

 निर्वाचन आयोगले जनता समाजवादीको दुई पक्षको सनाखत गर्ने क्रममा उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी पक्षका सांसदलाई मन्त्री बनाउने लोभ र आश्वासन दिएर आफ्नो पक्षमा तानेका थिए । तर मन्त्रिपरिषद्को विस्तारमा भने साविक राजपाका १ जना सांसद महिन्द्र राय यादव मात्र समावेश भएका छन् । यो घटनाले पनि जनता समाजवादीको राजनीतिमा ठूलो हल्लीखल्ली उत्पन्न गरेको छ ।(साँघु साप्ताहिक, २०७८ असाेज २५ गते)