🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

२५ असोज (रासस/एएनआई) : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ  । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ ।

महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ ।