कैलाली, फागुन १४ \\ टीकापुर हत्याकाण्ड, नरसम्हारमा अपराधी ठहरिएका रेशम चौधरीले आज सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् ।
अढाई बर्षअघि कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी ठहर भएपछि अदालतले पक्राउ गर्न आदेश दिएको थियो।
राष्ट्रिय जनता पार्टीको टिकटमा चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा चुनाव लडी निर्वाचित भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।
यही हत्याकाण्डको आरोपमा पक्राउ परेका लक्ष्मण चौधरी अहिले पनि जेलमै छन् ।




