🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फोटो पत्रकार क्लबको पहिलाे महिला अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, १०  असोज (रासस) : फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ पहिलाे महिला अध्यक्ष चयन हुनुभएको छ । क्लबको असाेज ९ गते सम्पन्न ११औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे निर्विरोध निर्वाचित हुनुभएको छ ।

    सदस्यमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी अनलाइनकी निशा भण्डारी, देशसञ्चार अनलाइनकी वर्षा शाह, दि हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोष्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन हुनुभएको छ ।

    नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आयोजित साधारणसभामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक एवं अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष निरञ्जन राजवंशी, फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमाले प्रमाणपत्र प्रदान गर्नुभयो ।