काठमाडौ÷ नया“ शक्तिका नेता देवेन्द्र पौडेल अहिले पार्टी एकताका क्रममा संघीय समाजवादी फोरममा जाने कि पूर्व माओवादीको हैसियतमा माओवादी केन्द्रमा फर्किने भन्नेमा दोधारमा रहेको खबर छ । पौडेलेले स्थानीय निर्वाचनपछि वार्गेनिङ गर्न लागेको बुझाइ नया“ शक्तिमा छ । फोरमस“ग वार्ता गर्न संयोजकको हैसियतमा वार्ता गर्ने तर पूर्वमाओवादीसंग मिलेर माओवादी केन्द्रसंग एकता गर्न खोजेर दोहोर भूमिका देखिएको आरोप छ । दोहोर भूमिका देखाएका पौडेलाई बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको वैठकमै गाली समेत गरेको चर्चा पनि छ ।
नया“ शक्तिका एक नेताका अनुसार देवेन्द्र पौडेलले स्थानीय निर्वाचनको परिणामपछि नया“ शक्तिको नेतृत्व लिने सुरु कसेका थिए । परिणाम कमजोर आएपछि बाबुरामले नैतिक आधारमा संयोजक छाड्ने आकांक्ष्ाँ राखेको पौडेल अहिले नया“ शक्तिभित्र शक्ति संघर्ष गर्दैछ । नया“ शक्ति कार्यकारिणी समिति एकसदस्यले दिएको जानकारी अनुसार पौडेल समूहको समस्या भनेको एकतापछि कुन वरीयतामा आफ्नो हैसियत रहने भन्नेमा छ । एकता क्रममा अहिलेसम्म भएको छलफलमा बाबुराम एक नम्बर वरीयतामा हुने र उपेन्द्र दोस्रो वरीयतााम हुने भन्ने नया“ शक्ति पक्षधरको तर्क छ । तर, उपेन्द्र यादवलाई पहिलो वरीयतामा राख्नुपर्ने तर्क फोरम पक्ष्ँको रहेको स्रँेतले बताएको छ ।
यसो हु“दा अशोक राईलाई तेस्रो वरीयता राख्ने तयारी भएको छ । पौडेलले पनि वरीयतामा तेस्रो खोजेका छन् । तर त्यो पाउने संभावना कम छ । फोरमभित्र तेस्रो वरीयताा रहेका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि तेस्रो वरीयताबाट तल झर्न चाहेका छैनन् । अशोक राई तेस्रो वरीयतामा पुगेको अवस्थामा श्रेष्ठ बढीमा चौथो वरीयतामा पुग्नेछन् । अझ नया“ शक्तिबाट आएका पौडेललगायतका नेताहरूसहितको वरीयता मिलाउने हो भने श्रेष्ठ अझ तल पुग्नेछन् । त्यसैले अहिले वरीयता विवादले पनि दुई पार्टीभित्र रडा“को देखिएको छ ।



