🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बजारको दायाबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै

धुलिखेल, ११ फागुन (रासस) : बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाबायाँका सबै सामग्री हटाएको छ । 

नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो । 

नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताए । “यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघि नै पटक/पटक सार्वजनिक सूचना जारी गरी अभियान थालनी गरेका हौँ ।” बादेले भने।  

उनले अहिले पुल बजारदेखि बुडोलडाँडासम्म हटाउने र पछि बनेपा नगरपालिकाभित्रको क्षेत्र साँगादेखि २८ किलोसम्म नै सबै खाली गराउने बताए । “हामीले आजबाट अभियान नै थालनी गरेका छौँ, यदि नहटाएमा नियमअनुसार कारबाही अगाडि बढाउने छौँ,” बादेले भने , “यसका लागि प्रक्रिया पुस ७ गतेदेखि नै सडक डिभिजन कार्यालयबाट, पुस १३ गते नगरपालिकाबाट, माघ १८ गते पुनः नगरपालिकाबाट नै सूचना जारी गरी पर्चा र पम्प्लेटिङसहित प्रचार गरेका छौँ ।” 

यसरी सबै प्रक्रिया पूरा गर्नेदेखि राजनीतिक दल, उद्योग वाणिज्य संघ, संघ/संस्था सबैसँग छलफल गरी अभियान थालनी गरेकाले कोही पनि व्यवसायीले थाहा भएन भनेर अटेर गर्ने ठाउँ नरहेको बताए । “नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदि  हटाएन भने हामीले उठाएर लैजाने छौँ, त्यसको भागिदार स्वयं नै हुनेछ, नगरपालिका हुँदैन ।” उनले   भने  । 

नेकपा (माओवादी केन्द्र) बनेपा नगरका अध्यक्ष रामचन्द्र भट्टराईले अव्यवस्थित नगरलाई व्यवस्थित गराउनका लागि नगरपालिका र सबै राजनीतिक दलहरु बसेर निर्णय गरेर अगाडि बढेकाले कसैले पनि सडक छेउमा अटेर गरी सामान राख्ने तथा व्यापार व्यवसाय गर्न नपाउने गरी अभियान सञ्चालन गरेको बताए  । 

सडक प्रयोग गरी व्यापार व्यवसाय गर्दै आएका ठूला व्यापारीले भने आफूहरुले सूचना जानकारी केही नपाएको र सामान हटाउन अलि समय लाग्ने भएकाले केही दिन पर्खन नगर प्रमुखसँग आग्रह गरेका छन् । 

यसअघि नगरपालिकाले नगरको सरसफाइका लागि भनेर सडक छेउमा साना पसल राखेर व्यवसाय गर्नेसँग दैनिक सरसफाइ करसहित भनेर रु ७५ उठाउने गरेको थियो । नगरपालिकाको बजार अस्तव्यस्त हुने र सडक दुर्घटनासमेत बढेको भए पनि करमात्रै उठाएर दुर्गन्धित बनाएको बनेपा नगरपालिकाले अहिले भने सुन्दर नगरपालिका बनाउने अभियान थालनी गरेर राम्रो कामको थालनी गरेको नगर बासिन्दा बताउँछन् । 

नगरपालिकाले त्यसरी साना व्यवसायीबाट सडक छेउमा बसेर व्यवसाय गरेबापत दैनिक पैसा उठाउने गरेपनि ठूला निर्माण सामग्री, खाद्यस्टोर र अन्य कम्पनीले सडक छेउ नै ढाक्ने गरी सामान राखेर खुल्लमखुल्ला व्यापार गरे पनि केही गरेको थिएन । 
–––