काठमाडौं, फागुन १० \\ नेपाली काङ्ग्रेसले आज बिहीबारलाइ राखेको कार्यसम्पादन समितिको बैठक स्थगित गर्दै शनिबार संसदीय दलको बैठक राखेको छ।
संसदीय दलको बैठकले संसदीय दलको नेता चयनका बिषयमा औपचारिक छलफल गर्नेछ। साथै संसदीय दलको कार्यसमिति गठनका लागि विधान संशोधनको निर्णय समेत गर्ने पार्टी प्रवक्ताले बताए।
सँगसँगै नेपाली काङ्ग्रेसले फागुन १३ गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ।
केन्द्रीय समिति बैठकपछि काङ्ग्रेसले संसदीय दलको नेताको निर्वाचनको मिति तय गर्ने तयारी गरेको छ।



