🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘चामे जान काम पर्छ, पुल छैन’

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि आवातजावतमा कठिनाइ भएको हो । 

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारी दिए ।  “जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुपर्यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ”, उनले भने । 

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन । “गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन”, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने । 

खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए । सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ ।