🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपचार गरेर स्वदेश फर्किए झलनाथ 

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन् । 

भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि आज स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाए । उनले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने जनाए । सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उनको भनाइ छ । 

नेता खनालको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे पुस्ट्याइँ दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो ।