काठमाडौं, फागुन ९ \\ नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन १० गते बिहीबार राखेको छ ।
बिहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली काङ्ग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता पनि आफैं हुन खोजेका छन्। एउटै ब्यक्तिले सबै पद ओगट्न हुँदैन भन्दै प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गर्ने भएका छन्।



