🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णालीमा डलरको ओइरो, कहा” हुन्छ खर्च ?

काठमाडौं । कर्णालीका ५ जिल्लाका लागि बर्षमा ३ अर्ब ३८ करोड ३८ लाख १८ हजार ६ सय रुपैया“ खर्च हुने गरेको देखिन्छ । तर उक्त रकम के मा खर्च भइरहेको छ भन्ने यकिन भने हुदैन । अहिलेसम्म भएको खर्चको सही सदुपयोग भएको भए गरिबी निवारणको कहालीलाग्दो अवस्थामा कर्णाली अंचल रहने थिएन । कर्णालीमा जम्मा घरधुरी ६८९०२  छन् । अहिले आईएनजीओमार्फत जाने डलरलाई दामाशाही रुपमा भाग लगाउने हो भने प्रतिघरपरिवार ४९ हजार १ सय १० रुपैया“ पर्न आउ“छ । अहिले कर्णालीका गरीब जनताको नाममा कर्णाली अंचलमा २४ वटा आईएनजीओका १ सय ६१ वटा परियोजना सञ्चालनमा रहेको आंकडा प्राप्त भएको छ । यी आईएनजीओहरु कर्णालीका जनताको गरिबी उन्मूलनका लागि काम गर्छन्, नेपाली जनताको नाममा आफ्नो तीन पुस्ता सपार्ने कार्यमा ब्यस्त छन् ? यसको अनुगमन र लेखाजोखा भएको अनुभूति कर्णालीका बुद्धिजीवीहरुले गर्न सकेका छैनन् । 
 गत आर्थिक वर्षका लागि नेपाल सरकारले ११ अर्ब ३७ करोड २४ लाख ७३ हजार ७२ रुपैया“ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १० अर्ब १९ करोड ३२ लाख ७० हजार ७ सय ५४ रुपैया“ खर्च भएको बताइएको छ । खर्च हुनुलाई सरकार तथ्यांकमा राम्रो मानिन्छ । तर, कर्णालीमा गरिएको खर्च १० अर्ब १९ करोड ३२ लाख ७० हजार ७ सय ५४ के मा भइरहेको छ ? प्रश्न गम्भीर रुपमा उठेतापनि यसको जवाफ कुनै निकायले दिन सकेको छैन । कर्णालीको कुल जनसंख्या ३ लाख ८ हजार ७ सय १३ जना रहेको तथ्यांक छ । तर, कर्णाली अंचलका जनताको दुर्भाग्य  यो जनसंख्याको जीवनस्तर अहिलेसम्म उकासिएको खबर सुन्न पाइएको छैन । गरीब कर्णालीवासीको नाममा टाठाबाठाहरुले लुटतन्त्र मच्चाई रहेको तथ्य त्यहा“ गएको अर्बौं अर्बको बजेटले परिणाममुखी नतिजा नदिनु र आईएनजीओहरुले आफ्ना तीन पुस्ते सपार्ने खेती गरिरहेबाट स्पष्ट हुन्छ । 
कर्णालीमा कार्यरत आईएनजीओ 
जुम्ला–  ४ वटा 
हुम्ला–  ७ वटा 
कालिकोट–  ४ वटा 
मुग–ु ६ वटा 
डोल्पा– ३ वटा । 
जम्मा २४ वटा । 
सरकारले आर्थिक बर्ष २०७२।७३ मा कर्णालीका ५ जिल्लामा विनियोजित बजेट । 
जिल्ला     बजेट
जुम्ला    ३७४७०५१९९८
डोल्पा    १६५२८१९८७७
मुगु    १६२०८१७२५८
कालिकोट    २३२०००००००
हुम्ला    २०३१७८३९३९
जम्मा    ११,३७,२४,७३,०७२

कस्तो अवस्था छ कर्णालीमा 
जमिन प्रयोगको अवस्था  (मुगु)
बन जङ्गल     ९४६४१.५ हे.                                                                                              
बा“झो र गैरकृषि योग्य जमिन    ९९८०४ हे.                                                                             
गैरकृषि कार्यका लागि प्रयोग जमिन     १९१८८९  हे.                                                                     
खेतीयोग्य तर बेकार जमिन    १९३४० ह्े.
स्थायी खर्क चरन क्षेत्रः    ७९७५७.१ हे.                                                                                        
अन्य बालीहरmको उत्पादन क्षेत्र    ९६९.५  हे.                                                                               
बा“झो जमिन कम्तीमा २ देखि ५ बर्ष     ९१९ हे.                                                                         
अहिलेको बा“झो जमिन     ९१९  हे .                                                                                      
खुद खेती योग्य क्षेत्रः    १९३४० हे.                                                                                               
 जमिन प्रयोगको अवस्था (कालीकोट)
क्र.स    जमिनको किसिम    क्षेत्रफल    प्रतिशत
१    बन जङ्गले ढाकेको क्षेत्र    ८७१६५ हेक्टर    ५३.०१
२    झाडी बुट्यान क्षेत्र    ३८४६ हेक्टर    २.३४
३    कृषि गरिएको भूमि    १५५६० हेक्टर    ९.४६
४    खेतीयोग्य तर वेकार जमिन    ४८२६४ हेक्टर    २९.३५
५    हिउ“ले ढाकेको क्षेत्र    ९५८८ हेक्टर    ५.८३
जमिन प्रयोगको अवस्था  (जुम्ला)
जुम्ला जिल्लामा समुद्री सतहबाट २,०४० मिटरदेखि ६,६०० मिटरसम्म उचाइमा पर्ने भूभागहरुअवस्थित छन् । यसमध्ये ६० प्रतिशत भूभाग २,०४० देखि ३,६०० मिटर उचाइमा छ भने बा“की ४० प्रतिशतच ाहिं ३,६०० मिटरभन्दा बढी उचाइमा (केसी, २०७०) । जुम्लाको कुल क्षेत्रफल २,५४,३६५ वर्गकि.मी. मध्ये जम्मा २६ प्रतिशतमात्र खेतीयोग्य भूमि रहेको छ । बा“कीमध्ये ४२ प्रतिशत वनक्षेत्र, २७ प्रतिशत चरन क्षेत्र र ५ प्रतिशत अन्य (हिमाल, चट्टान, खोलानाला आदि) क्षेत्र रहेका छन् । कुलखेतीयोग्य जमिनको ९१ प्रतिशत भूभागमा खेतीपाती गरिएको जुम्लामा जम्मा खेतीपाती गरिएको भूभागमध्ये ११ प्रतिशतमात्र सिञ्चित खेत, ८८ प्रतिशत असिञ्चित बारी र ०.२५ प्रतिशत सिञ्चित बारीछ (जि.कृ.वि.का., २०७०) । त्यसबाहेक यहा“का पाटन, वन तथा चरन क्षेत्रमा विभिन्न दुर्लभ र अमूल्य जडिबुटी पनि पाइन्छन् ।
जमिन प्रयोगको अवस्था (हुम्ला)
क्र.स    जमिनको किसिम    क्षेत्रफल
१    कुल क्षेत्रफल    ५६५५०० हेक्टर
२    वनजंगल    ७४७८.४ हेक्टर
३    बा“झो र गैरकृषि योग्य जमिन     ५०९६४ हेक्टर
४    खेतीयोग्य तर वेकार जमिन     ३५९८ ह्ेकटर
५    स्यायी खर्क चरन क्षेत्र    १४१४४९.४ हेक्टर
६    अन्य बालीहरुको उत्पादन क्षेत्र    ५०२० हेक्टर
७    बा“झो जमिन –कम्तीमा २ देखि ५ वर्ष)    ५०९६४ हेक्टर
८    खेती योगय जमिन     ५०२० हेक्टर
९    खुद खेती योग्य क्षेत्र    ८६१८ हेक्टर
जमिन प्रयोगको अवस्था  (डोल्पा)    
बन जङ्गल    ६८९७५ हेक्टर
बा“झो र गैरकृषि योग्य जमिन     ९३०० हेक्टर
गैरकृषि कार्यका लागि प्रयोग जमिन     ६५६० हेक्टर
खेतीयोग्य तर वेकार जमिन     ६५६० हेक्टर
स्थायी खर्क (चरन क्षेत्र)     २४९७३१ हेक्टर
अन्य वालीहरुको उत्पादन क्षेत्र    १८३४ हेक्टर
वाँजो जमिन (कम्तीमा २ देखि ५ बर्ष)     २६० हेक्टर
अहिलेको बा“झो जमिन     २८४० हेक्टर
खेतीयोग्य जमिन     ९३०० हेक्टर
खुद खेतीयोग्य क्षेत्र     ६५६० हेक्टर