🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीको पछि लाग्ने सचिवलाई आपत्

काठमाडौं । नियम र निर्देशिकालाई लत्याएर एक सिटे मन्त्रीको निर्देशनलाई शिरोधार्य गरी मन्त्रालय चलाउन खोज्ने एक सचिव अहिले छटपटीमा परेको खबर छ । अखण्ड पार्टी नेपालका नाममा पाएको समानुपातिक भोटबाट सांसद र प्रचण्डको प्रधानमन्त्रित्वमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेका कुमार बहादुर खड्काको चाहनालाई नै कानून मानेर चल्ने सचिव तनावमा परेका हुन् । फेरि संसद वा मन्त्री बन्ने सम्भावना कम भएका कुमारबहादुर खड्का मन्त्री भएपछि नियम र निर्देशिका बमोजिमका काम गर्नभन्दा आफ्ना मनमाफिक निर्णय र काम गराउनतिर बढी लागे । मन्त्री चाहन्थे उनले चाहेका कार्यक्रम र योजनामा मन्त्रालयको बजेट खर्च गरियोस् । त्यतिबेला कुमार हादुरले भनेकै थिए मैले भने अनुसारका कार्यक्रममा लगानी गर्ने प्रक्रिया मिलाउनुस्, अर्थ मन्त्रालयबाटै जतिपनि बजेट ल्याउने जिम्मा मेरो भयो । यसका लागि मन्त्रीले सचिवलाई कार्यक्रमसहित प्रक्रियागत रुपले बजेट माग्न निर्देशन पनि दिए । 
 स्थायी सरकारको गरिमा बुझेका तथा ऐन र निर्देशिकाबमोजिम चल्नुपर्छ भन्ने तत्कालीन सचिव विष्णुप्रसाद लम्सालले कानून, ऐन र निर्देशिका समेत उल्लेख गरी मन्त्रीका चाहना बमोजिमका कार्य गर्न कठिन हुने सम्झाए । तर छोटो समयका लागि अवधि तोकिएरै मन्त्री बनेका कुमारबहादुर महिला तथा बालबलिकाका हितमा उल्लेखनीय भूमिका निर्वाह गर्नुको सट्टा आफ्नो लाभका काम गर्नमै तल्लीन थिए । यसकारण मन्त्री र सचिवबीच पटक्कै समझदारी भएन । अनि पोखरातिरका मन्त्रीले खोजे पोखरातिरकै आज्ञाकारी सचिव । त्यतिबेला भर्खरै बढुवा भएर सूचना आयोगमा स्थापित गरिएका थिए खगराज बराल । 
 आफूले भनेबमोजिम योजना र कार्यक्रम पेश गरी अर्थबाट बजेट पनि माग नगर्ने र भएको रकम निर्देशन बमोजिम विनियोजन पनि नगर्ने सचिव मन्त्रीले कसरी मनपराउन ? कुमारबहादुरले तत्कालीन प्रधानमन्त्री प्रचण्डसंग कुरा राखेरै नियम कानून अनुसार मात्र चल्ने सचिव लम्साललाई हटाएर आज्ञाकारी ब्यक्ति खगराजलाई सचिव बनाएर मन्त्रालयमा भित्र्याए । त्यसपछि त मन्त्रीले भने बमोजिमका योजना, कार्यक्रम मात्र बनेनन् बजेट पनि सोही अनुसार विनियोजित भए । तर, ती कार्यक्रम २÷४ महिनामा नै त मन्त्रालयले हतारमा तय गरेका कार्यक्रम कार्यान्वयनका चरणमा पुगी फत्ते हुन सक्दैनथे । भयो पनि त्यस्तै । मन्त्री गए । अर्का मन्त्री आएका छैनन् । आउने मन्त्रीले हिजोका ऐन र निर्देशिका विपरीत विनियोजित बजेट र कार्यक्रम स्वीकृत गर्छन् भन्ने पनि छैन । त्यसैले अहिले सचिव खगराज हिजोका मन्त्रीको आदेश बमोजिम शुरु गरिएका कार्यक्रम गर्ने वा निर्देशिका र ऐनका पालना गरी नया“ कार्यक्रम बनाउने द्विविधामै रहेको कर्मचारी स्रँेत बताउछ । 
 मन्त्रीबाट खुस्किने बेलामा कुमारबहादुरले फेरि पनि मन्त्री भएर आउने मै हो, त्यसैले बिदाइ–सिदाइ केही गर्नु पर्दैन भने । मन्त्रालयले उनको बिदाइ पनि गरेन । सचिव खगराज कुमारबहादुर नै मन्त्री भएर आए सजिलो हुने सोचाइमा छन् भने अरु सहसचिवदेखिका कर्मचारी भने फेरि पुरानै मन्त्री आएमा मन्त्रालयमा अनियमित र मापदण्ड विपरीतका कामहरू हुने पिरलोमा रहेको खबर छ । सचिवलाई अरु कर्मचारीले नीति र मापदण्ड विपरीत गएर साथ नदिने भनिरहेको खबर छ ।