🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्री ५ महेन्द्र भन्दा पनि प्रतिगामी सोच \”मध्य मधेश\”

प्रदेश नं. २ को नामकरण मधेश राष्ट्रिय मुक्तिको आधारका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको भूगोललाई आधार मानेर "मध्य मधेश" राख्नु तत्कालीन राजा श्री ५ महेन्द्र शाहभन्दा पनि संकीर्ण र प्रतिगामी रहेको पाईन्छ | किनभने तत्कालीन राजा महेन्द्रको समयमा पाँच (५) विकास क्षेत्रको परिकल्पना गर्दा षडयन्त्रपूर्वक जसरी पूर्वमा एउटा मात्र पूर्वान्चल विकास क्षेत्र र पश्चिममा सुदूरपश्चिम, मध्य पश्चिम र पश्चिम गरि तीन (३)ओटा विकास क्षेत्रको अवधारणा अगाडि  सारेर काठमाडौंलाई केन्द्र बिन्दू  बनाउन मध्यपूर्वी विकास क्षेत्र हुनुपर्ने स्थानलाई सोझै मध्यमाञ्चल बिकाश क्षेत्र घोसणा गरिएको थियो |

जसको परिणाम पश्चिम नेपालको बन्धुहरुमा "देशको सरकारले मात्र नभई सूर्य पनि  पश्चिममा अस्ताउन मात्र आउछ  |" भन्ने आशयको दुखद एवं निरसावादी मनोविज्ञान स्तापिथ हुन् पुगेको तथ्य कसैबाट लुकेको छैन | फलस्वरुप काठमाडौं सरकारी प्रशासन र अन्य सबै किसिमको सेवा सुबिधाको सहज उपलब्धताले पावरमांडू तथा शासकको केन्द्रको रुपमा स्तापिथ हुन् पुग्यो भने अन्य क्षेत्र तुलनात्मक रुपमा उपेक्षामा रहन  बाध्य भए | यस किसिमको भौगोलिक एवं राजनीतिक विभेदको अन्त्यको निम्ति देशमा भएको जनविद्रोहको परिणाम विकेन्द्रिकृत शासन प्रणाली, संघीयता, पहिचान र गणतन्त्रको स्थापना भएको छ | यद्यपि चाटुकार शासकहरुको मनोविज्ञानमा खासै परिवर्तन नदेखिनु दुखद हो | 

विशेषगरी  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना अघि समग्र तराई-मधेशको भूगोल र स्थापना पश्चात मूलतः दुई नं. प्रदेश नेपाली राजनीतिक तरंगको केन्द्र विन्दू मा रहेको पाइन्छ | पछिल्लो समयमा केही  सामाजिक एवं राजनीतिक अभियानी, राजनीतिकर्मी, स्वतन्त्र युवा, नागरिक समाज, वुद्धिजीवी तथा पत्रकारहरु माझ प्रदेशको नामकरण एकदमै चर्चा र चासोको बिषय बन्न पुगेको छ | प्रदेश नं. दुईका केही व्यक्ति तथा समूहले प्रदेशको नामकरण भाषा, संस्कृति र ऎतिहासिक धरोहरको नाममा (मिथिला, बज्जी, भोजपुरा, विदेह, जनक, मिथिला-भोजपुरा) हुनुपर्नेमा जोड दिईरहेका छन् भने केहीले यो उपलब्धि मधेश विद्रोहको जगमा भएकोले गर्दा सम्पूर्ण शहीदहरूको सम्मान र सपना संग जोडेर समग्र मधेश राष्ट्रिय मुक्ति र संघर्षको भबिस्यको निम्ति मधेश र मध्य मधेश जस्ता विकल्पहरुमा विशेष जोड़ दिईरहेको पाईन्छ |

माथि उल्लेखित सबै नामहरुको आ-आफ्नो विशेष गरिमा र स्वामित्व रहेको कुरालाई नकार्न सकिन्न | यद्यपि पछिल्लो समय विशेष चर्चा र बहसमा रहेको नाम "मध्य मधेश" जानेर होश अथवा नजानेर महेन्द्रीय सोच भन्दा थप प्रतिगामी रहेको कुरालाई नकार्न कदापी मिल्दैन | किनभने, "मध्य मधेश" नामको वकालत गर्ने व्यक्ति तथा समूह समग्र मधेशको राष्ट्रिय पहिचान(मधेशी, थारु, मुस्लिम, पहाडी..) शहीदको सपना र सम्मान तथा मधेशको भाबी राजनीतिक विमर्श जीवितै राख्नुको साथै पूर्वान्चलको झापादेखि सुदूरपश्चिमान्चलको कैलालीसम्मको साझा स्वामित्वलाई स्वीकार गर्ने तर्क प्रस्तुत गर्ने गरेको पाईन्छ | तर विडम्बना राजा  महेन्द्रको षड्यन्त्रकारी संरचनाको पूर्वान्चलका केही  जिल्लाहरु समेत सम्मिलित प्रदेश नं. दुईको नाम केही  प्रगतिशील परिवर्तनमा विश्वास गर्ने अग्रगमनको पक्षधर व्यक्ति तथा समूहबाट  "मध्य मधेश" प्रस्ताव हुनु चेतनाको अभाव हो या जानीजानी नयाँ षड्यन्त्र जे भएपनि यो एउटा समानतामा विश्वास गर्ने सचेत व्यक्ति तथा समूहको लागि दुखद दुर्भाग्यको बिषय बन्न पुगेको छ |

बरु यसको सट्टा "मध्य पूर्वी मधेश" नामाकरण गर्न सकेको खण्डमा माथि उल्लेखित उपलब्धिको साथसाथै पुर्व मेचीदेखि पश्चिममहाकालीसम्मको मधेश र मधेशी पहिचान पक्षधरहरु प्रति सही  सम्मान र न्याय हुनसक्छ | अन्यायपूर्ण तथा आ-आफ्नो निजीस्वार्थसिद्ध गर्ने मनसायबाट अभिप्रेरित निर्णय लाधनु भन्दा पहिले सम्पूर्ण सरोकारवाला व्यक्ति तथा संस्थाहरुलाई थप जिम्मेवारीका साथ यस प्रस्तावित निर्णयप्रति गम्भीरताका साथ चिन्तन मनन र बहस आवश्यक देखिन्छ |  

(cb2049@gmail.com)

ईश्वरपुर-२,सर्लाही (हाल काठमाडौं) Cell:9851122163