• शनिबार-बैशाख-८-२०८१

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

 

चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई  संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताउनुभएको हो ।

 

प्रदेश प्रमुख गुरुङले भन्नुभयो, “सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र  पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले  पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने  पनि घोषणा गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस