🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजका तस्बिरहरु (फोटो समाचार)

निरन्तरको वर्षातको कारण बुधबार राति भासिएको नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल । उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । तस्वीर: रामहरि न्यौपाने, रासस

काठमाडौँको सिभिल अस्पतालमा बिहीबार कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन नाम लेखाउँदै नेपाली सेना । तस्बिर : चन्द्रकला क्षेत्री,रासस

रोजगारीका लागि भारत जान आएका नेपालीहरु बिहीबार कैलालीकोे कञ्चनपुर, गौरीफन्टा सीमा नाकामा प्रवेशका लागि पालो कुर्दै । तस्बिरः तिलकराज ओझा÷रासस

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ र ९ स्थित गैरीचौरमा निर्माण भइरहेको औद्योगिक ग्राम । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा करिब ७७१ रोपनी जग्गामा निर्माण हुन लागेको सो क्षेत्रमा पहिला चरणमा जग्गा सम्याउने, तारबार गर्ने र एउटा सुरक्षा गार्ड घर निर्माण भइसकेको छ । तस्वीर: पेमा लामा, रासस

बागलुङको ताराखोला गाउँपालिका–१ मा अवस्थित गाईघाट झरना । झरना वरिपरि पर्यटकीय पूर्वाधार निर्माणका लागि गाउँपालिकाले लगानी गरिरहेको छ । तस्बिर :रामबहादुर थापा,रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुरमुनिमा पहिरोले भासिएको सडक । यो ठाउँमा सडक भासिएपछि अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडा यातायात सम्पर्कविच्छेद भएका छन् । तस्वीर: सन्तोष गौतम, रासस