🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा, ६ फागुन (रासस) : हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना ३ त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना ४५ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा गएराति दुबै जनाकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटाँैडा उपमहानगरपालिका–१४ पद्म पोखरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ त ३४१३ नम्बरको ट्याक्टर स्थानीय कुखरेनी खोलामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक हेटौँडा–१४ का २९ वर्षीय सोमबहादुर लामाको गएराति सोहि ट्याक्टरमा च्यापिएर मृत्यु भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
–––