• बिहीबार-बैशाख-१३-२०८१

प्रधान सेनापतिद्वारा नयाँ कमाण्ड हे.क्वा. हरुको निरीक्षण

 

काठमाडाैं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट नेपाल सरकारबाट स्वीकृत भई लागु भएको नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत यही २०७८ श्रावण ०१ गतेबाट संचालनमा आएका कमाण्ड हे.क्वा.हरुको निरीक्षण भ्रमण गरिएको सेनाले जानकारी दिएकाे छ ।

 

कमाण्ड हे.क्वा.हरुको निरीक्षण भ्रमणकाे क्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७८ श्रावण ०७ गते पूर्वी कमाण्ड हे.क्वा. हिले, साउन १० गते  मध्य कमाण्ड हे.क्वा. पोखरा, साउन  १२ गते उपत्यका कमाण्ड हे.क्वा. नारायणहिटी र साउन  १४ गते पश्चिम कमाण्ड हे.क्वा. सुर्खेतको भ्रमण पूरा गरिएको  हो ।

 

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट भ्रमणको दौरान  २०७८ श्रावण ०७ गते प्रधान सेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गरिएको थियो ।

 

 साथै, उक्त भ्रमणको दौरानमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट कमाण्ड हे.क्वा. हरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था, विद्यमान चुनौती तथा समाधानका उपायहरु सम्बन्धी जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएकाे छ ।

 

प्रतिकृया दिनुहोस