🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री बन्ने रहर गर्दै नक्कली नोट कारोबारी  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसभित्र मन्त्री बन्न चर्काे प्रतिस्पर्धा छ । यस्तै प्रतिस्पर्धामा नक्कली नोटको कारोबारमा संलग्न भएका एक सांसद पनि छन् । ती सांसद हुन्, बाराका उमाकान्त चौधरी । २०६४ असार ३० मा अनामनगरको धोबीखोला किनारमा बलराम पटुवाको हत्या भएको थियो । पटुवाको हत्या वाहिद खान (विजयकुमार श्रीवास्तव)ले गरेका थिए । हत्या गर्ने व्यक्ति वाहित भएपनि हत्या गराउने नक्कली नोटका कारोबारी पाकिस्तानी गिरोह रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । 

अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख उपेन्द्रकान्त अर्यालले पटुवाको हत्याको अनुसन्धान गर्दै जाँदा सांसद चौधरी जोडिन पुगेका थिए । नक्कली नोटको कारोबारको नाईके पाकिस्तानीहरूको कनेक्सन चौधरीसम्म रहेको अनुसन्धानमा खुलेको थियो । पटुवा त्यो बेला सांसद चौधरीका निजी सचिव थिए । अर्यालले नक्कली नोटको कनेक्सन जोडिएपछि उमाकान्त चौधरीलाई पक्राउ गर्ने तयारी गरे । पक्राउ गर्ने सूचना पाएपछि चौधरी एकाएक भागेर अमेरिका पलायन भए । 

अर्याल अपराध महाशाखाबाट सरुवा नभएसम्म चौधरी नेपाल फर्किएनन् । अर्यालको बढुवा अपराध महाशाखाबाट हिंडेपछि  चौधरी नेपाल फर्किएका थिए । २०६४ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारका गृहमन्त्री कृष्ण सिटौला थिए । सिटौलासँग कुरा मिलाएर उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनी सुजाता कोइरालालाई प्रभावमा पारी स्वास्थ्य मन्त्री समेत भए । 

अहिले पनि नेपाली कांग्रेसले मन्त्रिमण्डलमा गुटैपिच्छे भागवण्डा गर्दैछ । त्यो भागवण्डामा उमाकान्त चौधरी कृष्ण सिटौलाको कोटाबाट मन्त्री बन्दैछन्  भन्ने चर्चा छ। उमाकान्त चौधरी र सलिम मिया अन्सारी र उनका छोरा युनुस अन्सारीको सम्बन्ध पनि कुनैबेला राम्रो थियो ।

युनुस अन्सारीलाई चौधरीले संरक्षण गरी बाराको प्रवेशद्वारमार्फत सुरक्षितरुपमा नक्कली नोट भारत जाने गरेको स्रोत बताउँछ । पछि लेनदेनमा कुरा नमिलेपछि एकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा नक्कली नोट बरामद भयो । 

पाकिस्तानीहरूले त्यो नोट बरामद हुनुमा उमाकान्त चौधरीलाई जिम्मेवारी ठहराई उनका पीए पटुवालाई गोली हानी हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको स्रोत बताउँछ । पटुवा हत्याको फाइल फेरि अनुसन्धानको दायरामा ल्याउने हो भने उमाकान्त चौधरी प्रकरण उजागर हुनेछ । पटुवा हत्याका आरोपी थुनामुक्त भइसकेका छन् र आ–आफ्नो धन्दामा लागेका छन् ।

पटुवा हत्याको मुख्य कडी उमाकान्त भएकाले पुरानो फाइल खोजबिन र छानबिन गर्ने हो भने उनी कस्ता हुन् भन्ने छर्लङ हुने कांग्रेस स्रोत बताउँछ । यस्ता विवादित पात्रलाई मन्त्री बनाएमा देउवाको सरकारको लागि पहिलो गाँसमै झिंगा हुनेछ ।

(साँघु साप्ताहिक, २०७८ साउन ११ गते)