🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई हिउँद गए, भूकम्प पीडित नांगै ! : सिंचाइको निर्देशन विभागले मानेन 

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पबाट पीडित मेलम्ची नगरपालिका–९, सिन्धुपाल्चोकका बृद्धा उदय गिरी सरकारले दिएको न्यानो कपडा हाता नपरेपछि जिल्लाका विभिन्न सरकारी अड्डा चहारे ।  तर, कुनै सुनुवाइ भएन । जिल्लाबाट माग पूरा नभएपछि गिरीलाई लाग्यो– सिंहदरबारले कसो दुःख नबुझ्ला । यही सोचका साथ उनी न्यानो कपडा माग्दै सिंहदरबार आइपुगे ।  

जिल्लाले उनीमाथि भएको अन्याय नबुझे सिंहदरबारले भने बुझ्यो र त्यही अनुसार निर्देशन दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई न्यानो कपडा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार नै गरिदियो ।

 गृहले गिरी न्यानो कपडाबापतको रकम पाउनबाट वञ्चित भएकाले उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकलाई पत्र नै लेखिदियो, २०७४ जेठ २३ गते । गृहले लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशनको प्रतिसमेत संलग्न थियो । तर त्यही सिंहदरबारबाट परिचालित जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म न्यानो कपडाबापतको रकम गिरीलाई नदिएको गुनासो गर्दै साँघु साप्ताहिक कार्यालयमा आइपुगेका छन् ।  

गिरी त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । मेलम्ची नगरपालिका–९ का ५६५ घरधुरीले भूकम्पपछिको दुई हिउँद बिताए पनि अझै न्यानो कपडावापतको रकम पाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रै लेखेरै उपलब्ध गराउन निर्देशन दिए पनि आनाकानी गर्दै आइरहेको गुनासो पीडितहरूको रहेको छ ।  

साँघु कार्यालयमै आएर भूकम्पीडित गिरीले सिंहदरबारले जिल्ला प्रशासन कार्यालयलाई न्यानो कपडाको रकम उपलब्ध गराउन निर्देशन दिए पनि आनाकानी गरेर दुःख दिएको गुनासो गरे ।

जिल्लादेखि सिंहदरबारसम्म पीडा सुनाउँदासमेत नेपाली कंग्रेसको शेरवहादुर देउवा सरकारबाट सम्बोधन नभएपछि निराश बनेका गिरीले साँघुसंग भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा गृह मन्त्रालयले दिनू भन्दासमेत न्यानो कपडावापतको रकम पाएका छैनौं । यसले जिल्ला प्रशासन कसको निर्देशनमा चल्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।’ 

सरकारी निकायले मेलम्ची नगरपालिकाका स्थानीयलाई दिएको सास्ती यतिमै सीमित छैन । सिंचाइका लागि एक सरकारी अड्डाले दिएको निर्देशन अर्को सरकारी निकायले पालना नगर्दा उत्तिकै हैरानी बेहोरेका छन् । 

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले यो नगरपालिकामा चारवटा आयोजनाका लागि बजेट व्यवस्था गर्न ०७३ फागुन ३ गते सिंचाइ विभाग, जावलाखेल ललितपुरलाई निर्देशन दिएको थियो ।

चारवटै आयोजनाका लागि ३ लाखका दरले बजेट व्यवस्था गरिदिन सिंचाइ विकास डिभिजन कार्यालयले पत्राचार गरेको थियो । भूकम्पपीडितलाई दिइने न्यानो कपडामा जस्तै यसमा पनि सरकारी निकायहरूे उदासीनता देखाएको गुनासो पीडितहरूले गरेका छन् ।