• शुक्रबार-बैशाख-७-२०८१

१ नम्बर प्रदेश प्रहरीमा ७ हजार ३ सय ८४ मुद्दा दर्ता, ४१ करोड राजश्व संकलन

 


विराटनगर, २०७८ श्रावण-०७ गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा  २०७७ साल श्रावण देखि असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा  ४० करोड भन्दा बढी राजश्व संकलन भएको प्रहरीले जनाएकाे छ ।


संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।


गत आर्थिक बर्षको १२ महिना अवधिमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ विशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद भएको छ ।


यसैगरी बिभिन्न मनोद्विपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्विपक औषधिहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ ।

यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ ।


यस्तै नदीजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको छ ।


यसैगरी ट्राफिक ब्यबस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । यसरी गत आर्थिक बर्षको श्रावणदेखि असार मसान्तसम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।

प्रतिकृया दिनुहोस