🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

दलित साथीलाई गैरदलितको पत्र

  म जैविक रुपमा पहाडिया हिन्दू क्षेत्री परिवारमा जन्मिएँ ।  यो समुदायमा जन्मिनका निम्ति न त मैले कुनै मिहिनेत गर्नुपर्दयो। न त कथित भगवान समक्ष कुनै निवेदनपत्र नै चढाउनुपर्दयो। यो संभावनाको गर्भबाट प्राप्त गरेको अर्थहीन जातमा मलाई हर्ष पनि छैन र विस्मात गर्नुपर्ने टड्कारो आवश्यकता पनि छैन । मेरा मित्र† दलित समुदायमा जन्मिएकै कारण तिमीले जुन विभेद र उत्पीडन मेरो जातबाट बेहोर्नुपरेको छ । त्यसप्रति म लज्जित छु ।   

संरचनागत रुपमा कथित उच्च जातीयहरूले गरेको आपराधिक विभेदको जिम्मेवारी मैले पनि लिनै पर्ने हुन्छ र  तिमीमाथि भइरहेको अपमानप्रति मेरो जातका अज्ञानी मान्छेहरूको तर्फबाट विनम्रतापूर्वक हात जोड्दै माफी माग्दै पत्रलाई अघि बढाउन चहान्छु । 

प्रिय मित्र †  म हुर्किएको पहाडिया गाउँमा अझै पनि दलित समुदायमाथि दर्दनाक विभेद छ । संरचनामा कथित उच्च ठानिएका बाहुन क्षेत्रीहरू तिम्रो अपमान नगरेसम्म खाएको पचाउन समेत गाह्रो मान्छन् । मेरै परिवारभित्रको अशिक्षा पनि त्यसमा जिम्मेवार छ ।  यसमा मूल जिम्मेवार जातवादी राज्य संयन्त्र पनि छ । मेरै समुदायका कथित उच्चहरूले प्रेम गरेकै कारण नवराज जस्ता होनाहार युवाहरूलाई लखेटी लखेटी मारिदिए । अजित मिझारको लास अझै उठ्न सकेको छैन । सत्तामा भएका गैरदलित शासकहरूले दलितहरूलाई दबाउदै र उत्पीडनमा पार्दै आइरहेको पक्ष पनि सत्ताधारी पार्टीको चुनाव चिन्ह घाम जस्तै छर्लङ्ग छ ।  तिम्रा तमाम दुखेसा र आक्रोसहरूबाट  तिमीलाई विद्रोही बन्न कर लागेको छ  ।  त्यो यथार्थ हो । 

प्रिय मित्र †हुन त म गैर दलित समुदायको हुँ । त्यसैले म खुकुरी हुँ तर तिमी अचानो । तिम्रो पीडा म महसुस गर्न सक्दिन । अनुमानसम्म लगाउन सक्छु  त्यही पनि मित्र, म गैरदलित हुनुमा अत्यन्त लज्जाबोध गरिरहेछु । हाम्रो संरचना शासकहरूले बनाइदिएको संरचना भयो । पहाडिया हिन्दू उच्च जातका पुरुषहरूले बनाएको संरचना आफू अनुकूल नै छ । तिमीले देखी हाल्यौ । देशका शासकहरू एउटै  क्षेत्रका छन् ।

पहाडिया क्षेत्रका । एउटै धर्मका छन् । एउटै जातका छन् । अनि एउटै लिङ्गका छन् । आफ्नो शासनसत्ता टिकाउनका निम्ति आफैले आफूलाई बहादुरीको उपमा दिंदै झुट्टा इतिहासहरू बच्चैदेखि पढाइन्छ । सानैदेखि क्षेत्री क्ष पढाइयो । यज्ञ य र ज्ञानी ज्ञमा टुप्पी हल्लाएका बाहुन क्षेत्रीका तस्बिरहरू पढाइयो । तर मेरो साथी † कामी क पढाइएन । गुरुङ ग पढाइएन । नेवार न पढाइएन । यो मेरो जातका नालायक शासकहरूले तिमीहरूमाथि गरेको षड्यन्त्र हो भन्ने मेरो बुझाई छ । यसमा अत्यन्त लज्जित छु म । 

प्रिय साथी † मेरा पुर्खाले पाँच हजार वर्षदेखि पढ्ने लेख्ने एकल आरक्षण पाउँदै आए । शासन गर्ने र राज्य चलाउने  आरक्षणको उपभोग गर्दै आए ।  दलित समुदायलाई दबाएर कथित सद्भावको रटन लगाइरहे । तर मित्र यहाँ कहिल्यै सामाजिक सद्भाव थिएन । 

जहाँ भेद्भाव हुन्छ त्यहाँ सद्भाव लेस मात्रामा पनि बाँकी रहँदैन । मेरो जातका पुर्खाले गरेको अत्याचार नसहे तिम्रा पुर्खा मारिन्थे, मेरो जातमाथि औँला उठ्याए तिम्रा पुर्खालाइ काट्ने आदेश दिएको थियो मनु स्मृतिले । मेरो जातकाले अपराध गर्दा दुई रुपैयाँ तिरेर अपराध चोख्याउन सकिन्थ्यो तर  दलितले अपराध गरे टाउको झोलामा, ज्यान खोलामा पु¥याउने आदेश जङ्ग बहादुरको मुलुकी ऐन १९१० ले दिएको थियो ।  यसरी दबाइदै आएको  तितो इतिहाँस तिमी र मसंग छ ।  जब दलितहरूले म नि  मान्छे हुँ भन्न थाले, तब यहाँका शासक मनोविज्ञानका गैरदलितहरू आंत्तिएका छन् । तर्सिएका छन् । एकलौटी रजाइँ गर्दै आएको संयन्त्र तिमीसंग पनि बाँड्नुपर्ने भयले त्रसित छन् । र, मेरो गैरदलित समुदायमा फैलिएको यो त्रासदीपूर्ण आतङ्क मैले मज्जा मानीमानी हेरिरहेको छु । 

मित्र, जहाँ विभेद हुन्छ, त्यहाँ मूर्दा शान्ति भएमात्र सहनशीलताको बाध्यकारी प्रावधान  हुन्छ । अव महिला, जनजाति र  दलितले बचाइदिएको सामाजिक सद्भावको मुखुन्डो उत्रिइसकेको छ । म पनि मान्छे हुँ भण्दा तिमीमाथि आक्रमण गर्ने स्यालहरूविरुद्ध अव तिमी पनि आक्रमणको मैदानमा होमिनुपर्छ । मेरा आफ्नै समुदायमाथीको त्यो हमलामा म पनि तिमीसंगै अग्र पङ्क्तिमा समावेश हुनेछु । 

प्रिय मित्र † म कानुन पढिरहेको कलेजमा एकजना पनि दलित समुदायका साथी छैन। कारण स्पस्ट छ– पैसा । । देशभरीका ४५० न्यायाधीशहरू मध्ये जम्मा पाँच जना न्यायाधीशहरू मात्र दलित समुदायका रहेछन् । सर्वोच्च अदालतमा त झन हालसम्म एउटा पनि न्यायाधीश बन्न नसकेको तितो यथार्थले मेरो दिमाग रन्थनिन्छ । तर अव हामी सहकार्यको मोर्चामा रहेर यो जातवादी राज्यसंयन्त्रविरुद्ध हमला गर्नुपर्ने छ । जात ब्यवस्थाले सामाजिक आर्थिक राजनैतिक र दार्शनिक क्षेत्रमा निर्माण गरेको उचनिचका पर्खाललाई हाम्रा लात्तीहरूले भत्काउनु पर्नेछ । जात ब्यवस्थाको पिँधमा परेको समुदाय अव मृत्यु वा मुक्तिलाई आफ्नो नारा बनाएर तमाम उत्पीडनविरुद्ध लड्नु आवश्यक भैसकेको छ । कथित मूर्दा शान्ति र सद्भावको मुखुन्डोलाई आधार मानेर चुप बस्न अव म तयार छैन।  तिमी पनि तयार बन्नु हुँदैन । 

 कोठाको कुरा कोटासंग छेउ न टुप्पो नै नमिल्ने गरी जोड्न खोजिएको पनि म देखिरहेछु । । महिला, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका ब्यक्ति तथा  दलित समुदायलाई दिइएको आरक्षण त एउटा न्यूनस्तरको पुँजीवादी ललिपप मात्र हो । योभन्दा सबल कार्यक्रमहरू त अझ हजारौँ गुणा सुविधाजनक तरिकाले  वितरण गर्नुपर्ने हुन्छ जातवादी संरचनाको पिँधमा  पारिएका ब्यक्तिहरूलाइ मूल प्रवाहमा ल्याउनका निम्ति । त्यसैले मित्र, जात ब्यवस्था उन्मूलन गर्ने महाअभियानमा आरक्षणलाई अझ परिस्कृत परिमार्जित र लक्षितवर्ग केन्द्रित बनाउदै सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारिताका साथ जनताको बिचमा पु¥याउनु तिम्रो मेरो र आम मुक्तिकामी प्रगतिशील पक्षधर ब्यक्तिहरूको जिम्मेवारी हो । 

मित्र† यो संसदीय पुँजीवादी दलाल ब्यवस्था आम उत्पीडितहरूभित्र फुट ल्याउन चाहान्छ । फुटाउ र राज गर भन्ने सिद्धान्त यो ब्यवस्थाले बेलायती साम्राज्यवादबाट राम्रैसंग सिकेको छ । त्यसैले मित्र उत्पीडितहरूबिचको मित्रतापूर्ण सम्बन्धबाट आपसी  असमझदारी र उत्पीडनहरूलाई सजाय र चेतनाको उपयोग गर्दै  घटाउँदै लैजानुपर्छ । उत्पीडितहरूबिचको अन्तरविरोध हल गर्दै पहाडिया उच्च जातीय हिन्दू अहंकारवादी एकल राष्ट्रको  मनमौजी रोक्न तिमी हामीले हस्तक्षपकारी भूमिका निर्वाह गर्नु जरुरी छ । तिम्रो र हाम्रो सचेत प्रयत्न बिना जात ब्यवस्था ढल्ने वाला छैन।  हाम्रा दिदी बहिनीहरू  पितृसत्तात्मक जात ब्यवस्थाको जातोमा पिसिइ नै रहेका छन् । यो ब्यवस्थाको सट्टा एउटा समुन्नत वैज्ञानिक र समतामूलक राज्य ब्यवस्था निर्माण गर्न आम परिवर्तनकारी शक्तिहरूलाई  एकीकृत गर्नु जरुरी छ ।  म तिमीमाथिको उत्पीडनविरुद्ध उभिन्छु । नेवार, गुरुङ, तामाङ, लिम्बु, मगरलगायतका जनजातिहरूको गुमेको सामाजिक सांस्कृतिक अधिकार सहितको आत्म निर्णयमा आधारित स्वशासनयुक्त राष्ट्रका निम्ति तिमी र सम्पूर्ण दलित समुदाय एक हुने अपेक्षा गरेको छु । हामी सबै महिला दिदी बहिनीमाथि पितृसत्तात्मक पुँजीवादले थोपरेको अमानवीय कुकृत्यविरुद्ध हातेमालो गरेर क्रान्तिका सम्पूर्ण विकल्पहरू खुला राखेर आन्दोलनमा सरिक बनौँ ।  हुन्न र?

तिम्रो एउटा अपरिचित गैरदलित साथीको यो  पत्र अहिलेलाइ यहीँ टुङ्गिन्छ । अपेक्षा छ, यहाँबाटै हाम्रो सहकार्य र विभेदविरुद्धको सशक्त पैरवीको यात्रा  प्रारम्भ हुनेछ । 
धन्यवाद ।

उही तिमीलाई पैतिस सय वर्षदेखि उत्पीडनमा पारिरहेको एउटा गैरदलित साथी

–सन्दीप थापा