🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तस्करीमा मुछिएका प्रहरी इन्चार्ज दरबन्दीमै फिर्ता

बीरगंज । पर्साका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले चुनावमा दरबन्दीमा फिर्ता गर्न प्रहरी प्रधान कार्यालयले गरेको परिपत्रलाई समेत पालना नगरी इनर्वा प्रहरी चौकीको इन्चार्जमा खटाएका प्रहरी नायब निरीक्षक (सई) रामजीवन कुर्मीलाई हेडक्वाटरको निर्देशनमा दरबन्दीमै पठाउन बाध्य भएका छन् । सई कुर्मीलाई इनर्वा नाकाको इन्चार्ज बनाएर तस्करहरूलाई लाइन दिएर कमाउधन्दा संचालन गरेको समाचार साँघु साप्ताहिकले २०७४ माघ १५ गते प्रकाशित गरेको थियो ।    

सई कुर्मी इनर्वा चौकीको प्रमुख र एसपी रेग्मीका विश्वास प्राप्त घुमुवाका रुपमा कार्यरत रहेको समाचारमा उल्लेख थियो । एसपी रेग्मीले सई कुर्मी, असई तेजप्रताप सिंह र भिस्वा चौकीका रोशन अधिकारीलाई परिचालन गरी भन्सारछलीका सामान निर्वाध रुपमा आयात निर्यात गर्न दिएर असुली गर्दै आएको उजागर गरेको थियो । साँघु साप्ताहिककै समाचारपछि प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार सई कुर्मी दरबन्दी रहेको चितवनको रत्ननगरमा फिर्ता भएका छन् । 

सई कुर्मीले इनर्वा नाकाबाट  भाँडाबर्तन र मोटरपार्टसको काम गर्ने दीपक कुशवाहालाई लाइन दिएर फाइदा लिने गरेका थिए । इनर्वा, अमरपट्टि, भिस्वा नाकामा पनि एसपी रेग्मीले विश्वासपात्रहरूलाई इन्चार्ज राखी तस्करी छुट दिने गरेको आरोप लागेको थियो । भिस्वामा सई रोशन अधिकारीलाई खटाइएको छ । पर्सामा टाइगर ग्रुपका नाममा असई तेजप्रताप सिंहलाई पनि असुलीमा लगाइएको कुरा साँघुले उजागर गरेको थियो । 

 एसपी रेग्मीले साँघुमा समाचार प्रकाशित भएपछि प्रतिक्रिया दिंदै केही भ्रष्ट प्रहरीहरूलाई कारवाही गरेको बदलामा आफ्नो बद्नाम गर्न साँघु साप्ताहिकलाई प्रयोग गरेको गुनासो गरेका थिए । एसपी रेग्मीले ‘आपूm क्यारियर ओरिण्टेड, सत्यसेवामा विश्वास गर्ने प्रहरी अधिकृत, योग्यता, क्षमताले गर्दा एक नम्बर एसपी रहेको र अवैध कामबाट आफूले एक कौडी पनि लिएको, अनियमितता गरेको कसैले पुष्टि गरेमा जे जुन सुकै संजाय भोग्न पनि तयार रहेको’ बताएका छन् ।

तर, दरबन्दी चितवन भएका, बद्नाम सई कुर्मीलाई तस्करी हुने इनर्वा नाकामा किन र के बाध्यताले राखेको भन्ने बारेमा एसपी रेग्मीले स्पष्ट पार्न सकेका थिएनन् । उनले घुमुवा समेत राखेका कुर्मीलाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा कुर्मीलाई दरबन्दीमा पठाउनुपरेको खबर छ । कुर्मीलाई दरबन्दीमा फिर्ता पठाइएपछि साँघुको समाचारको पुष्टि हुन गएको छ ।