• शुक्रबार-चैत-१६-२०८०

औद्योगिक ग्राम निर्माण शुरु

 

राँझा । बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरु गरेको छ ।  पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि रु। ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार, औद्योगिक ग्रामसम्म १२ मिटर चौडाइ भएको स्तरीय ग्राभेल सडक पनि बनाउन लागिएको छ । औद्योगिक ग्रामको काम अब निरन्तर अगाडि बढ्छ । सरकारले ल्याएको एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणा अनुरुप सो परियोजना अगाडि बढाइएको हो ।

 

    खजुरा गाउँपालिका—६ उढरापुर पुरैनीस्थित २१ विगहा सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएर औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । 

 

    उद्योग तथा बाणिज्य मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभरबाट ३२ पालिका छनोट हुँदा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा पर्न सफल भएको हो । औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभर २६ नगरपालिका र ६ गाउँपालिका छनोट भएको थियो । बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण लागि छनोटमा परेको हो ।

प्रतिकृया दिनुहोस