• बिहीबार-बैशाख-१३-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं। भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई असार ६ गते आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

शनिबार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो ।

 

थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका-४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।


तनहुँ, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका-९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई असार ६ गते आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस