• बिहीबार-चैत-१५-२०८०

४० लाख ४३ हजारले लिए प्यान नम्बर

पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कस्ल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।

 

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।
 
सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठ्यो

कोरोनाको नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कूल रु सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । मन्त्रालयका अनुसार कूल राजश्व परिचालन गन आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । कूल राजश्वमा कर राजश्व रु सात खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु सात खर्ब ९७ अर्ब ३३ करोड रहेको छ । 

गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भएको छ भने गैर कर राजश्व सङ्कलनमा कमी आएको छ । कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार बिन्दुमा सङ्कलन हुने कर राजश्वमा वृद्धि भएको हो ।

शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजश्व लक्ष्यभन्दा बढी सङकलन भएको मन्त्रालयले जनाएको छ । समग्मा राजश्व सङ्कलन ९४.६ प्रतिशत रहेको छ । यस अवधिमा भन्सार बिन्दुमा सङ्कलन भएको कर राजश्व ३८.३ प्रतिशतले बढेर रु तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजश्व २०.५ प्रतिशतले बढेर रु तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।
 
दुई खर्ब बढी बढी वैदेशिक सहायता प्रतिवद्धता

 

मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म रु दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत आवको सोही अवधिमा  तुलनामा रु एक खर्ब ४९ अर्ब ५० करोड बराबरको प्रतिवद्धता प्राप्त भएको थियो । 

 

उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता १०.९ प्रतिशत र ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९३.३ प्रतिशत रहेको छ । कूल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।
 

प्रतिकृया दिनुहोस