• बिहीबार-बैशाख-१३-२०८१

अनुशासित र सुरक्षित विवाह बेहुला बेहुली मोटरसाइकलमा

 


किमाथाङ्का, : सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।


कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।
 (रासस)

 

प्रतिकृया दिनुहोस