🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नौ राउण्डको पेस्तोलसहित एक पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई  पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताउनुभयो ।

परशुराम पहिला विसं २०६० देखि यता २०७७ सम्म  पूर्व नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य भएको कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानूनी रूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर सङ्घीय समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ ।

अवैध पेस्तोल तथा गोलीसहित उनको साथबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको सहयोग रसिद आठ थान, नेकपा ९माओवादी केन्द्र० लेखिएको रसिद तीन थान र अखिल नेपाल निर्माण मजदूर सङ्घ लेखिएको रसिद तथा पत्र ८५ थानसमेत प्रहरीले बरामद गरेको बताइएको छ ।