काठमाडौं । नेकपा मसालका महामन्त्री ८७ वर्षीय मोहनविक्रम सिंह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
सिंहलाई गत वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणले स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानीको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ लामो समय उपचार गराएका सिंहको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
सुगर र थाइराइडबाट पीडित सिंहको अवस्था सामान्य रहेको र उनी घरमै स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।




