🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कृष्णचन्द्र बने कांग्रेसबाट पहिलो मुख्यमन्त्री

काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली  पोखरेल नियुक्त भएका छन् । 

गण्डकी प्रदेशसभाकी प्रमुख सीता पौडेलले ०७८ जेठ २९ गते शनिबार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि संविधानको धारा १६८(५) अनुसार २४ घण्टाको समय दिएर सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसमा पोखरेलले प्रदेशसभाका ३१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । निवर्तमान मुख्यमन्त्री गुरुङले पनि दाबी गरेका थिए । केन्द्रकै जस्तो गरी प्रदेशसभालाई पनि विघटन गराउने ध्येयले गुरुङले त्यसो गरेको आरोप लागेको छ ।  तर पौडेलले  पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

योसँगै पोखरेल कांग्रेसको तर्फबाट मुख्यमन्त्री हुने पहिलो व्यक्ति बनेका छन् । 

संविधानतः अब पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।