• शनिबार-बैशाख-८-२०८१

रहेनन् निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्मा 


नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ ।  


महासङ्घको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासङ्घले जनाएको छ । शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक हुन् । उनले महासङ्घमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । 


नेपालको निर्माण उद्योगको व्यावसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासङ्घको मानार्थ सदस्य हुन् । शर्मा महासङ्घले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित छन् । स्वर्गीय शर्माका सुपुत्र रमेश शर्मा महासङ्घको स्थापनाकालदेखि एसोसिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासङ्घका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । 


पशुपति आर्यघाटमा शर्माको शवमा महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । महासङ्घका महासचिव रोशन दाहालले आजै शोक वक्तव्य मार्फत् शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरे । 
 

प्रतिकृया दिनुहोस