🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीलङ्काको स्थानीय निर्वाचनमा सत्ताधारी गठवन्धनलाई धक्का

कोलोम्बो, श्रीलङ्का, २९ माघ (रासस/एएनआई) ः श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई नराम्रो धक्का लागेको निर्वाचन परिणामले देखाएको छ । 

निर्वाचनको परिणाम आउने क्रम जारी रहेको भए पनि सोमबार दिउसोसम्मको नतिजामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षको दलले सत्ताधारी गठबन्धनलाई निकै पछि पार्ने देखिएको अल जजिराले जनाएको छ । मध्यान्नसम्म राजापाक्षको समूह, श्रीलङ्का पोडुजना पेरामुना (एसएलपीपी)ले ४४.०५ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ भने प्रधानमन्त्री रनिल विक्रमासिङ्गेको युनाइटेड नेशनल पार्टीले जम्मा ३१.६५ प्रतिशत प्राप्त गरेको छ । 

पछिल्लो परिणाम अनुसार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी(एसएलएफ्पी)ले निकै कम ९.५२ प्रतिशत मत ल्याएको छ । 

राजापाक्षको दल (एसएलपीपी)ले लामो समय द्वन्द्वले तहसनहस बनेको उत्तरी र पूर्वी श्रीलङ्का बाहेकका प्राय सबै क्षेत्रमा राम्रो नतिजा ल्याएको छ । 

सत्ताधारी (एसएलएफ्पी) र युएनपीबीच सन् २०१५ मा गठन भएको गठबन्धन सत्तामा आएपछि भएको पहिलो निर्वाचन हो । यसले यहाँ सत्ता गठबन्धनप्रति विश्वास घट्दै गएको देखिएको छ । 

निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले जनाएको थियो । 

प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा हेरिएको थियो । तर जनताले यसलाई नरुचाएको देखिएको छ । 

निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो । निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ । 
–––