काठमाडाैं । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे निजामती सेवाबाट अवकास भएका छन् । सचिव बेलवासेले बताएअनुसार २०७८ जेठ १३ गते जम्मा ३३ वर्ष ३ महिना र २० दिन (अस्थाई समेत) को निजामती सेवाको कार्यकालको अन्तिम दिन मन्त्रालयले विशेष कार्क्रम गरेर विदावारी गरेकाे छ ।
काेभिडकाे यस्ताे महामारीकाे समयमा समेत खानेपानी मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेकोमा सचिव बेलवासेले सम्पूर्ण कर्मचारीहरुप्रति आभार ब्यक्त गरेका छन् ।

खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे करीब २१ महिनाको मन्त्रालयको कार्य अवधिमा एउटा इतिहास खडा गरेर विदा भएका छन् । उनकाे नेतृत्वकाे टीम र २१ महिनाकाे मेहनत र परिश्रमले मेलम्चीकाे पानी काठमाडाैं उपत्यकामा आएकाे छ र दसकाैंदेखिकाे उपत्यकावासीकाे तिर्खा मेटिदैछ ।

खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले अवकास विदाइ कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद एवं आभार ब्यक्त गरेका छन् ।
''मेरो कार्लकालको सबैभन्दा बढ़ी अवधि सेवा गरेको मेरो प्यारो सिंचाइ विभागका अग्रज सरहरु र सहकर्मी साथीहरूप्रति आभारी छु। साथै विभिन्न निर्देशन दिई कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक नेतृत्वप्रति पनि आभारी छु। अन्त्यमा मलाई हौसला प्रदान गर्ने र हरेक कदममा साथ दिने मेरो परिवारका सम्पर्ण सदस्यहरुप्रति पनि आभार ब्यक्त गर्दछु।'' अवकासकाे अवसरमा सचिव माधव बेलवासे भनेका छन् ।
सचिव बेलवासेकाे विवादरहित र उत्कृष्ट कामकाे उच्च मूल्यांकन गर्दै संवैधानिक परिषद्ले लाेक सेवा आयाेग जस्ताे महत्वूर्ण निकायकाे सदस्यका लागि सिफारिस गरेकाे छ। संविधानकाे धारा २४२ काे उप धारा(३) ले गरेकाे व्यवस्था अनुसार सिफारिस भएका बेलवासे साेही धाराकाे उप धारा (४) काे व्यवस्था अनुसार, अब ६ वर्ष लाेक सेवा आयाेगमा बसेर देशकाे सेवा गर्ने सुअवसर सचिव बेलवासेलाई प्राप्त भएकाे छ ।



