🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक सातादेखि दुलाहा खरेल घरबाटै बेपत्ता

नवलपरासी, २९ माघ (रासस) : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । 

गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ । 

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो । 

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन्् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरुसहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको छ । अत्यन्तै मिलनसार र अनुशासित युबा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् ।