भारतमा कोरोना संक्रमणका कारण असंख्य मानिसहरू मरिराखेका छन् । बिरामीहरू अस्पताल पु¥याउन र मृत शरीरलाई घाटमा पु¥याउनलाई एम्बुलेन्सहरू छैनन् । यतिमात्र नभई घाटमा अन्तिम संस्कारका लागि स्थानाभावले परिवारजनलाई घण्टौं समय लाग्ने गरेको छ । यस्तै अवस्था भारतको उत्तरप्रदेशको आगरामा रहेको छ ।
एम्बुलेन्स नपाएका कारण मोहित नामका एक व्यक्तिले आफ्नो बुवाको शवलाई कारको छतमा राखेर घाटमा पु¥याएका छन् । आगराको ताजगंजको घाटमा २० घण्टादेखि लगातार चिम्नीहरू चलिररहेका छन् । दैनिक कम्तीमा ५० शवहरू अन्तिम संस्कारका लागि आउने गर्दछन् । त्यसैकारण पनि मानिसहरूलाई दाहसंस्कारका लागि ६ घण्टासम्म पर्खिनुपर्ने स्थिति देखिएको खबर छ । सँँघु साप्ताहिक, वैशाख २४




