🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पन्ध्र सांसद सहित राप्रपा फुट्ने

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नया“ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद  हु“दैन । सदाबाहर झगडिया पार्टीको छवि बनाएको यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झैं सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरू देखापर्न थालेका छन् । 
 पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठक बहिष्कार गरिरहेका बेला एउटा समूह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ । रामकुमार सुब्बा नेतृत्वको समूह राप्रपाबाट अलग हुनुपर्ने निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार, यो समूह कुनै पनि बेला कमल थापाको पार्टीबाट बाहिरिने खतरा बढेको छ । थापाले पार्टी एकीकृत गर्न रामकुमार सुब्बालगायतलाई रोक्न अनेक प्रयास गरिरहेका छन् । विश्वस्त स्रोतका अनुसार, थापाले मन्त्री बनाउनेलगायतका आश्वासन विद्रोहको तयारीमा रहेका सांसद्हरूलाई दिइरहेका छन् । तर, सुब्बा र उनको समूहका नेताहरूले थापाको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । थापाको कार्यशैली नै गलत भएकाले पार्टीमा बस्न नसकिने जवाफ उक्त समूहले दिएको चर्चा राप्रपातिर छ । 
को–को छन् सुब्बाको समूहमा ? 
राप्रपामा यतिबेला ३७ सांसद् छन् । ३७ सांसद्मध्ये झन्डै १५ सांसद् रामकुमार सुब्बाको समूहमा खुलेको स्रोतको दाबी छ । स्रोतका अनुसार, सुब्बा समूहमा विराज बिष्ट, बबिना लावती, विकास लुइटेल, रमेश तामाङलगायत सांसद् खुलेर लागेका छन् । मधेसबाट प्रतिनिधित्व गरेका अधिकांश सांसद् समेत सुब्बाकै पक्षमा छन् । ‘राप्रपाभित्रको विवाद साम्य पार्न कमल थापा जति नै अघि सरे पनि रामकुमार सुब्बा समूह अलग हुने मनस्थितिमा पुगिसकेको छ,’ स्रोतले भन्यो, ‘१५ सांसद् यो पक्षमा खुलेका छन् भने अन्य सांसद्ले पनि यो समूहलाई साथ दिने तयारी छ ।’