• शनिबार-बैशाख-८-२०८१

सांसद तथा नेता चाैलागाईकाे निधनले एमालेलाई ठूलाे क्षति

 

काठमाडाैं । काेराेनाकै कारण  नेकपा एमालेले एकजना असल नेता, संगठक पशुपति चाैलागाईलाई गुमाएको छ । नेकपा (एमाले) का लोकप्रिय नेता, वागमती प्रदेश सभाका सदस्य, अत्यन्तै मिलनसार व्यक्तित्वकाे निधनले नेकपा एमालेलाई ठूलाे क्षति पुग्न गएकाे छ भने राष्ट्रले एक असल नेता, राजनीतिकर्मी गुमाएकाे छ ।  कोरोना संक्रमण भई मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका पशुपति चाैलागाईकाे  उपचारका क्रममा २०७८ वैशाख २८  मंगलबार राति मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

No description available.

एमाले नेता  चाैलागाईले २०७८ वैशाख २१ गते एक हप्ता अघि मात्रै आफूलाई काेराना भएकाे बताएर अस्पताल भर्ना भएका थिए । नेकपा एमालेकाे तर्फबाट दोलखा 'ख' बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई‌ एमालेका पोलिटब्युरो सदस्य समेत रहेका थिए ।

 

 पशुपति चाैलागाई नेकपा एमाले दोलखाका अति चर्चित  प्रिय नेता रहेका थिए ।  एमालेकाे तर्फबाट   २०५६ सालको निर्वाचनमा दोलखा १ बाट प्रतिनिधि सभामा  निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा समेत दावेदार मानिएका थियो ।

 

विद्यार्थीकालदेखि नै अखिलकाे राजनीतिमा सक्रिय रहेर लाेकतन्त्र स्थापनामा महत्वपूर्ण  भूमिका निर्वाह गर्दै आएका उनी निष्कलंक व्यक्तित्व मध्ये एक थिए,  एमालेमा सबै नेता, कार्यकर्ताका प्रिय र  प्रभावशाली नेता रहेका थिए ।

प्रतिकृया दिनुहोस