• बिहीबार-बैशाख-१३-२०८१

वाग्मतीले कोभिड बिरामीलाई तत्काल उपचार सेवा पु¥याउन संघीय सरकारसँग समन्वय गर्ने

 


मकवानपुर, २८ वैशाख (रासस)। वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोभिड–१९ संक्रमितलाई अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिई तत्काल उपचारसेवा पु¥याउन  सरकारले संघीय सरकारसँग समन्वय गर्ने बताउनुभएको छ ।

 

प्रदेशसभा, स्वास्थ्य, शिक्षा र कृषि समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा उहाँले समितिले निर्णय गरी उपलब्ध गराएको १० बुँदे निर्देशिकालाई तत्कालै संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभयो ।


 समितिले आज निर्णय गरी विभिन्न महत्वपूर्ण सरोकारका विषयमा १० बुँदे निर्देशिका जारी गरेर  सामाजिक मन्त्रालयलाई  कदम चाल्न आग्रह गरेको  समितिका सचिव सुन्दर पन्तले बताउनुभयो छ ।

 

प्रतिकृया दिनुहोस