• शुक्रबार-बैशाख-७-२०८१

बूढानीलकण्ठमा सक्रिय संक्रमितको संख्या ४६१ पुग्यो, २ को मृत्यु 

आइसोलेसन सुविधासम्पन्न तर संक्रमित बस्दैनन्

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ४६१ पुगेको छ । भाइरसका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ । 


नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, सोमबार थप १०१ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ४६१ पुगेको छ । जसमध्ये २२३ महिला र २३८ पुरुष छन् । 


संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । नगर कार्यपालिकाका अनुसार, होम आइसोलेसनमा रहनेको संख्या ४३६ छ । २५ जना संक्रमित भने उपचारका लागि अस्पताल भर्ना भएका छन् । 

अस्पताल भर्ना भएका संक्रमितको अवस्थाबारे भने नगरपालिकाले केही खुलाएको छैन । 


संक्रमणको चपेटामा परेका कूल ७४५ जनामा २८२ ले अहिलेसम्म स्वास्थ्यलाभ गरेका छन् । यो कूल संक्रमितको ३७.८५ प्रतिशत हो । संक्रमितमध्ये अहिलेसम्म २ जनाको मात्रै यो नगरपालिकामा मृत्यु भएको छ । 

No description available.
१० वडामा धेरै संक्रमित 


नगरपालिकाका कुल १३ वडामध्ये १० नम्बर वडामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । नगर कार्यपालिकाको स्वास्थ्य महाशाखाका अनुसार, वडा नं. १० मात्रै ८८ जना संक्रिय संक्रमित छन् । वडा नंं. ८ मा ७०, ९ मा ४७, ४ मा ४० र ११ मा ३६ जना सक्रिय संक्रमित छन् । वडा नं. १३ सबैभन्दा थोरै ९ जना संक्रमित छन् । 

 

आइसोलेसनमा बस्दैनन् संक्रमित

 
नगरपालिकाले आफैं सुविधासम्पन्न आइसोलेसन तयार पारेको छ । त्यहाँ नगरपालिकाले चिकित्सक र नर्सको पनि प्रबन्ध गरेको छ । 

 

आइसोलेसनमा दक्ष चिकित्सकसहित स्वास्थ्य उपकरण भए पनि कोही पनि नबसेको नगरपालिकाले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस