• शनिबार-बैशाख-८-२०८१

कोरोना संक्रमणबाट एकैदिन २५५ जनाको मृत्यु 


काठमाडौं । कोभिड–१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा २५५ जनाको ज्यान गएको छ । 

 

देशका विभिन्न अस्पतालमा उपचाररत २५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट एकै दिन भएको यो अहिलेसम्मकै अधिक मृत्यु हो । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोनाबाट मृत्यु भएका सबैको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । 

 

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ । 

 

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस