• शुक्रबार-चैत-१६-२०८०

हिमालयन डिस्टीलरीको खुद मुनाफा ६७ करोड २७ लाख


 काठमाडौं । हिमालयन डिस्टीलरीले यस आ.व. २०७७÷७८ को चैत महिनासम्मको प्रगति विवरण घोषणा गरेको छ । गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्त मसान्त सम्ममा कुल विक्री रकम रु.३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड गर्न सफल भएको हिमालयन डिस्टिलरीले दावी गरेको छ ।


यस तथ्यांकलाई हेर्ने हो भने गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम वढ्न गएको देखिन्छ । यसैगरि गत वर्षको यसै अवधिको खुद मुनाफा रकम रु. ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा रु. ६७ करोड २७ लाख पुग्न गएकोछ । यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत बढी आर्जन गर्न सकेको दावी  हिमालयन डिस्टिलरीले गरेको छ ।


  त्यसैगरि गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको । हिमालयन डस्टिीलरीले बताएको छ ।

 

गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको २०७८ चैत मसान्त सम्मको कारोवार वृद्धिको मख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशीलता नै हुन ।

 

 


 

प्रतिकृया दिनुहोस