• बुधबार-बैशाख-१२-२०८१

जेठ १३ सम्मका लागि थपियो उपत्यकाको निषेधाज्ञा 


काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । 

 

 काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म यथावत् राख्ने निर्णय गरेको हो । 

 

यसअघि उपत्यकाका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि एक साता २१ गतेसम्म निषेधाज्ञा लगाएकोमा त्यसलाई थपेर २८ गतेसम्म पुर्याइएको थियो । आज रातिबाट निषेधाज्ञाको समय गुज्रिनु अगावै प्रशासनले पुनः यसबारे निर्णय लिएको हो । 

 

राष्ट्रिय प्राथमिकताका आयोजनाबाहेकका विकास निर्माण कार्य गर्न नदिने निर्णय पनि बैठकले गरेको छ । यसअघि विकास निर्माणबारे कुनै निर्णय भएको थिएन । 
 

प्रतिकृया दिनुहोस